ख्वप कलेजमा यहाँलाई स्वागत छ ।
ख्वप कलेजको स्नातक तह भर्नाको निमित्त अनलाइन आवेदन फाराम यस प्रकार भर्न सक्नु हुनेछ:
१. लिङ्क खोल्नु भएपछि यो पृष्ठ देख्नु हुनेछ । सम्पूर्ण विवरण सविस्तार पढ्नुहोला ।
२. तपाईँले जम्मा ४ समूह भर्नु पर्नेछ ।
a. Student's Information
b. Parent's Information
c. Contact Address
d. Declaration and Signature
३. * चिन्ह भएको सबै जानकारी अनिवार्य भर्नु पर्नेछ ।
४. फाराम शुल्क रु. ५०० लाग्ने छ । यसै शुल्कमा प्रवेश परीक्षा र नतिजा प्रकाशन पनि रहेको छ ।
५. सबै विवरण भरिसकेपछि Submit थिच्नु होला । त्यस पछि PAY NOW देख्नु हुनेछ । सो PAY NOW थिच्नु भए पछि सबभन्दा तल PAY WITH ESEWA थिच्नु होला । email / Mobile Number र Password हाली रु. ५०० बुझाउनु होला ।
६. यसरी सम्पूर्ण विवरण भरी अनलाइन भर्ना आवेदन फाराम भर्नु होला ।
७. सम्पूर्ण विवरण पढिसकेपछि तल दिएको Accept and Continue थिच्नु होला ।
८. यदि तपाईँसंग व्यक्तिगत इसेवाबाट फाराम शुल्क बुझाउने सुविधा नभएमा नजिकै इसेवा सुविधा भएको ठाउँबाट Khwopa College Bachelor Entrance मा गई प्रवेश परीक्षा शुल्क बुझाउनु होला । त्यस पश्चात् पहेलो कोष्ठभित्रको Make Your Payment मा गई फाराम भर्ने प्रक्रिया पूरा गर्नुहोला ।
विस्तृत जानकारीको लागि www.khwopacollege.edu.np खोली हेर्न सकिने छ ।
Contact No.: 9741811178, 9741811179